गोसाइँकुण्ड हिँडेको ११ जनाको टोली बाढीमा फस्यो, उद्धारका लागि पहल

Aug 26, 2026 12:49 PM Merolagani



गोसाइँकुण्ड यात्रामा निस्किएको ११ जनाको टोली नुवाकोटको विदुर नगरपालिका–१ सिम्मुटारमा बाढीका कारण फसेको छ।

आफन्त पूर्ण खड्काका अनुसार टोली सवार गाडी बाढीले बगाएपछि उनीहरू गाडीबाट निस्किएर सुरक्षित स्थानमा पुगेका थिए। केही समयसम्म टोलीसँग सम्पर्क भए पनि पछिल्लो समय भने राम्रोसँग सम्पर्क हुन नसकेको उनले बताएका छन्।

बाढीका कारण जोखिममा परेको टोलीमा अप्सरा खड्का, प्रमिला श्रेष्ठ, टुनेबहादुर राउत, गेयल बिष्ट, असोका राउतलगायत ११ जना रहेको जनाइएको छ।

टोली फसेको जानकारी सम्बन्धित निकायलाई गराइसकिएको छ। उनीहरूको अवस्थाबारे थप जानकारी लिने तथा उद्धारका लागि आवश्यक पहल भइरहेको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।