रसुवा बाढी प्रभावित क्षेत्रमा राष्ट्रिय ट्रमा सेन्टरको स्वास्थ्य टोली परिचालन

Aug 26, 2026 01:10 PM Merolagani



रसुवाको बाढी प्रभावित क्षेत्रमा उपचार तथा आकस्मिक स्वास्थ्य सेवा पुर्‍याउन राष्ट्रिय ट्रमा सेन्टरले सात जना चिकित्सकको टोली परिचालन गरेको छ।

सेन्टरका प्रमुख डा। रुद्र मरासिनीका अनुसार आवश्यक औषधिसहित चिकित्सकहरूको टोली बाढी प्रभावित क्षेत्रतर्फ पठाइएको हो। ‘अहिले केही औषधिसहित आकस्मिक टोली बाढी प्रभावित ठाउँमा पठाएका छौं,’ डा. मरासिनीले भने, ‘अस्पतालमा पनि आवश्यक उपचारका लागि तयारी अवस्थामा बसेका छौं।’

बाढी प्रभावित क्षेत्रमा उद्धार गरिएका घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन चिकित्सक टोली खटाइएको सेन्टरले जनाएको छ। सम्भावित घाइतेको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा समेत आवश्यक तयारी गरिएको छ।




हाइडोपावर कम्पनीहरूको नाफामा उछालः कुन कम्पनीको वित्तीय अवस्था कति बलियो ?

Aug 21, 2026 05:32 AM

गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा हाइडोपावर कम्पनीहरूको खुद नाफा औसतमा ४ सय ७१ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कुल १ सय ११ वटा हाइडोपावर कम्पनीहरूको वित्तीय विवरण अनुसार ९१ वटा कम्पनी खुद नाफामा रहेका छन् भने २० वटा कम्पनी अझै घाटामा रहेका छन्।