रसुवा बाढी: उद्धार र राहतका लागि अनलाइनबाटै अनुरोध गर्न सकिने, बन्यो नयाँ डिजिटल प्रणाली

Aug 27, 2026 10:04 AM Merolagani



रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूका लागि उद्धार तथा राहत सामग्री प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको छ।

बाढी प्रभावित, तिनका आफन्त वा सरोकारवालाले घरमै बसेर डिजिटल माध्यमबाटै राहत तथा उद्धारका लागि अनलाइन अनुरोध (Request) पठाउन सक्ने प्रविधि तयार पारिएको छ।

नयाँ प्रणालीमार्फत कुन स्थानमा कसलाई के-कस्तो सहयोग (खाद्यान्न, औषधि, अस्थायी त्रिपाल वा प्राविधिक उद्धार) आवश्यक छ भन्नेबारे सोझै सम्बन्धित निकाय तथा उद्धार टोलीलाई विवरण पठाउन सकिनेछ। यसले गर्दा प्रभावित क्षेत्रमा राहत सामग्रीको दोहोरोपन हट्ने र वास्तविक पीडितसम्म द्रुत गतिमा सहायता पुग्ने विश्वास लिइएको छ।

रसुवा जिल्लामा बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ। क्षेत्रगत विकटता र यातायातका पुलहरू ध्वस्त भएका कारण भौतिक रूपमा पुग्न कठिन भइरहेको अवस्थामा यो अनलाइन प्रणालीले राहत तथा उद्धार कार्यलाई थप व्यवस्थित र प्रभावकारी बनाउन महत्त्वपूर्ण सहयोग पुर्‍याउनेछ।

यो प्रणालीलाई सेतु र्यापिड (https://setu.ndrrma.gov.np) नाम दिइएको छ । 




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।