Thu, Aug 27, 2026
विपद् प्रभावित क्षेत्रमा उद्धार, राहत र उपचार कार्यलाई सरकारले तीव्र बनाएको छ। गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याइने र वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल तथा निजामती अस्पताललाई ‘डेडिकेटेड’ अस्पतालका रूपमा तोकिएको छ।
प्रभावित क्षेत्रमा मेडिकल टोली परिचालन गरी घाइतेको प्रारम्भिक उपचार भइरहेको छ। साथै, खाद्यान्न तथा आवश्यक राहत सामग्री वितरणमा सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई विशेष प्राथमिकता दिइएको सरकारले जनाएको छ।
नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।