बाढी तथा डुबानका कारण प्रभावित क्षेत्रमा रहेका केही बैंक शाखाहरू प्रभावित हुनुका साथै विद्युत र सञ्चार सेवा अवरुद्ध हुँदा नियमित बैंकिङ्ग सेवा सञ्चालनमा चुनौती देखिएको छ। यद्यपि, उपलब्ध स्रोत र वैकल्पिक व्यवस्थाको अधिकतम उपयोग गर्दै सेवा निरन्तरता दिन र प्रभावित सेवाग्राहीलाई सहयोग पुर्याउन बैंकहरूले प्रयास गरिरहेका छन्।
संघले नेपाल सरकार, नेपाल राष्ट्र बैंक र सम्बन्धित निकायहरूसँग समन्वय गरी राहत, उद्धार तथा पुनस्र्थापनाका कार्यमा बैंकिङ्ग क्षेत्र पूर्ण रूपमा साथ दिन प्रतिबद्ध रहेको जनाएको छ। साथै, सम्पर्कविहीन भएका केही कर्मचारीहरूको खोजी तथा सुरक्षाका लागि पनि आवश्यक पहल भइरहेको छ।