बट्टार र त्रिशूली बजारमा पनि विद्युत् सेवा पुनःसुचारु

Aug 27, 2026 04:00 PM merolagani



भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटका बट्टार र त्रिशूली बजार क्षेत्रमा विद्युत् सेवा पुनःसुचारु भएको छ।

नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत बालाजु–त्रिशूली र चपली–देवीघाट ६६ केभी प्रसारण लाइनलाई ११ केभीमा चार्ज गरी विद्युत् आपूर्ति सञ्चालनमा ल्याएको हो।

बाढीका कारण नियमित विद्युत् आपूर्ति प्रणालीमा क्षति पुगेपछि प्राधिकरणले उपलब्ध प्रसारण संरचनाको वैकल्पिक प्रयोग गर्दै प्रभावित क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना गर्ने काम अघि बढाएको थियो। उक्त व्यवस्थापछि बट्टार, त्रिशूली बजारलगायत आसपासका क्षेत्रमा विद्युत् आपूर्ति सुचारु भएको जानकारी प्राप्त भएको छ।

प्राधिकरणले बाढीबाट क्षतिग्रस्त विद्युत् संरचनाको मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिँदै प्रभावित सबै क्षेत्रमा विद्युत् सेवा नियमित बनाउने प्रयास जारी राखेको जनाएको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।