एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष ०८२/८३ को मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भदौ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।