१५ औं महाधिवेशन रोक्न देउवा र खड्काको मागमा सर्वोच्चले दिएन अन्तरिम आदेश

Aug 27, 2026 06:47 PM merolagani



नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै सभापति शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।

 न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले यस्तो निर्णय गरेको हो।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाका अनुसार देउवा र खड्काको निवेदनमाथि तत्काल महाधिवेशन रोक्ने आदेश जारी भएन। उनका अनुसार पूरक निवेदनमार्फत महाधिवेशन स्थगित गर्न माग गरिएको भए पनि तीन सदस्यीय पूर्ण इजलासले उक्त मागबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

सर्वोच्चको पछिल्लो आदेशसँगै नेपाली कांग्रेसको संस्थापन पक्षलाई नियमित सांगठनिक तथा दलीय गतिविधि सञ्चालन गर्ने बाटो खुलेको छ। अदालतले पुनरवलोकनको निवेदनमाथि आगामी दिनमा आवश्यक आदेश दिन सक्ने भए पनि हाललाई महाधिवेशन रोक्ने कुनै अन्तरिम आदेश जारी नगरेको हो।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।