नेशनल लाइफद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख सहयोग

Sep 01, 2026 01:05 PM Merolagani



नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड @(NLICL@) ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

भोटेकोशी र त्रिशूली नदीमा आएको गेग्रानसहितको भीषण बाढीबाट धनजनको ठूलो क्षति भएपछि पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहतलगायतका कार्यका लागि कम्पनीले उक्त रकम सहयोग गरेको हो।

कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्यलक्ष्मी सिंह र प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले एक विशेष कार्यक्रममा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

प्रेस विज्ञप्तिमा कम्पनीले विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार कार्यमा जुटेका कर्मचारी तथा अभिकर्ताहरूप्रति धन्यवादसमेत व्यक्त गरेको छ।

 

यस्तै, प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।