लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङमा दुई शव भेटिए, ३९ अझै बेपत्ता

Sep 03, 2026 01:59 PM Merolagani



रसुवास्थित लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङभित्र दुई जनाको शव फेला परेको छ।

नेपाली सेनाको उद्धार टोलीले बिहीबार सुरुङभित्र खोजी गर्ने क्रममा ती शवहरू फेला पारेको हो।

आयोजनाका महाप्रबन्धक विजयमणि भट्टराईका अनुसार, भेटिएका शवहरूको पहिचान खुल्न बाँकी छ। बाढी आउनुअघि विद्युत् प्रवाह बन्द भइसकेकाले धेरै कामदार बाहिर निस्किएको अनुमान गरिए तापनि सुरुङभित्र करिब १५ जना फसेको हुनसक्ने प्रारम्भिक आकलन छ।

आयोजनामा कार्यरत कुल ६० जनामध्ये हालसम्म १९ जना सम्पर्कमा आएका छन् भने दुई जनाको शव भेटिएसँगै अब ३९ जना कर्मचारी तथा मजदुर अझै बेपत्ता छन्। सेनाले सुरुङभित्र उद्धार र खोजी कार्यलाई निरन्तरता दिएको छ।




निफ्राले घोषणा गर्यो लाभांश

Aug 31, 2026 10:31 AM

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) (NIFRA) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।