डोटीबाट निर्वाचित सांसद खड्कालाई बैठकको बीचमै उच्च रक्तचापका कारण चक्कर लागेपछि उनी ढलेका हुन्।
संसद सचिवालय स्रोतका अनुसार उनको रक्तचाप १६० पुगेको थियो। खड्का ढलेलगत्तै सांसद सोम शर्मालाई बोल्न रोकेर सभामुखले सदनको कारबाही केही बेरका लागि स्थगित गरेका थिए। उनलाई तत्काल संसद भवनबाट उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ ।