समितिका अनुसार दरखास्त दिएका उम्मेदवारहरूको शैक्षिक योग्यता, कार्य अनुभव तथा पेस गरिएको व्यावसायिक कार्ययोजनाको मूल्याङ्कन गर्दा उच्चतम अङ्क प्राप्त गर्ने ६ जनालाई सर्टलिस्ट गरिएको हो।
सर्टलिस्टमा परेका उम्मेदवारहरू (वर्णानुक्रम अनुसार):
१. पिताम्बर भण्डारी (गुल्मी)
२. प्रताप सुवेदी (काठमाडौँ)
३. महेश रिमाल (काठमाडौँ)
४. विक्रान्त आचार्य (काठमाडौँ)
५. समता पन्त (काठमाडौँ)
६. सुमनकुमार अधिकारी (काठमाडौँ)
असोज १ र २ गते अन्तर्वार्ता
छनोटमा परेका उम्मेदवारहरूको व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ता आगामी असोज १ र २ गते सञ्चालन हुनेछ।
प्रस्तुतीकरण तथा अन्तर्वार्ता सम्पन्न भएपछि सिफारिस समितिले उत्कृष्ट तीन जनाको नाम अन्तिम निर्णयका लागि मन्त्रिपरिषद्मा पेस गर्नेछ। मन्त्रिपरिषद्को बैठकले ती तीन जनामध्येबाट उपयुक्त एक जनालाई निक्षेप तथा कर्जा सुरक्षण कोषको आगामी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ।