भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM Merolagani



बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

प्रदेश सरकारका अनुसार चितवन, मकवानपुर र धादिङ जिल्लामा उक्त दिन सार्वजनिक बिदा हुनेछ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै न्वागी पर्वका अवसरमा तीन जिल्लामा बिदा दिने व्यवस्था गरेको हो।

चेपाङ समुदायले परम्परागत रूपमा मनाउँदै आएको न्वागी पर्वलाई लक्षित गरी प्रदेश सरकारले सम्बन्धित जिल्लामा बिदा घोषणा गरेको जनाएको छ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।