राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा आज स्थलगत अवलोकनपछि काठमाडौं फर्केर राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।