रसुवाका बाढीपीडितको सहयोगार्थ राष्ट्र बैंकका पदाधिकारी र कर्मचारीद्वारा १ करोड ३८ लाख सहयोग

Sep 07, 2026 05:27 PM Merolagani



रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको सहयोगार्थ नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले १ करोड ३८ लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग गरेका छन्।

राष्ट्र बैंकको गभर्नरको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार, बैंकका गभर्नर, डेपुटी गभर्नर तथा करारसहितका सम्पूर्ण कर्मचारीहरूको तर्फबाट संकलित कुल १ करोड ३८ लाख ८९ हजार ४२५ रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको छ।

गत २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले प्रभावित बनाएका व्यक्ति तथा परिवारको राहत र उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त रकम कोषमा जम्मा गरिएको केन्द्रीय बैंकले जनाएको छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।