दशैँ–तिहार अफरः मारुती सुजुकी ‘भिक्टोरिस’ एसयूभी खरिदमा १ लाख ३५ हजारसम्मको छुट

Sep 08, 2026 12:22 PM Merolagani



आगामी चाडपर्व (दशैँ–तिहार) को अवसरमा नयाँ गाडी किन्ने सोचमा रहेका ग्राहकहरूका लागि मारुती सुजुकीले आकर्षक योजना सार्वजनिक गरेको छ।

कम्पनीले आफ्नो चर्चित मिडसाइज हाइब्रिड एसयूभी ‘भिक्टोरिस’ मा सेप्टेम्बर २०२६ का लागि १ लाख ३५ हजार रुपैयाँसम्मको भारी छुटको घोषणा गरेको हो।

परम्परागत इन्धन गाडीको तुलनामा बढी माइलेज दिने हाइब्रिड गाडीलाई प्रोत्साहन गर्न कम्पनीले यो ‘विजेता अफर’ ल्याएको हो।

मारुती भिक्टोरिसको स्ट्रङ्ग हाइब्रिड भेरियन्टमा कुल १ लाख ३५ हजारको फाइदा लिन सकिन्छ । जसमा नगद छुटमा २०,००० रुपैयाँसम्म, एक्सचेन्ज बोनसमा ५०,००० रुपैयाँ सम्म (वा पुरानो गाडी कवाडीमा दिए ४५,००० सम्मको स्क्रापेज इन्सेन्टिभ),पीसीएम बेनिफिटमा २५,००० रुपैयाँ, लोयल्टी बेनिफिट ३०,००० रुपैयाँ र संस्थागत छुट १०,००० रुपैयाँ फाइदा लिन सकिन्छ ।

एक्सचेन्ज बोनस र स्क्रापेज योजनामध्ये कुनै एक मात्र रोज्न पाइनेछ। साथै, भिक्टोरिसको पेट्रोल र सीएनजी संस्करणमा भने ८५ हजार रुपैयाँसम्मको छुट उपलब्ध छ।


मारुती भिक्टोरिसमा तीनवटा इन्जिन विकल्पहरू उपलब्ध छन् । १.५ लिटर पेट्रोल (१०३ एचपी पावर) मा माइल्ड हाइब्रिड, १.५ लिटर पेट्रोल (११६ एचपी पावर) मा स्ट्रङ्ग हाइब्रिड र १.५ लिटर (८९ एचपी पावर) क्षमतामा पेट्रोल सीएनजी एसयूभी उपलव्ध छ ।

यसको सीएनजी भेरियन्टमा ट्याङ्कीलाई गाडीको तल्लो भागमा मिलाएर राखिएको छ, जसले गर्दा डिकीमा पर्याप्त सामान राख्ने ठाउँ उपलब्ध हुन्छ।

पेट्रोल र सीएनजी संस्करणमा ५–स्पीड म्यानुअल गियरबक्स छ भने स्ट्रङ्ग हाइब्रिडमा ‘ई–सीभीटी’ गियरबक्स जडान गरिएको छ। त्यस्तै, माइल्ड हाइब्रिडमा ६–स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स र माथिल्लो भेरियन्टमा अल–ह्विल ड्राइभ प्रणाली पनि उपलब्ध छ।

मारुती सुजुकीका अनुसार भिक्टोरिसको स्ट्रङ्ग हाइब्रिडले प्रतिलिटर २८.५६ किलोमिटर माइलेज दिन्छ, जुन यो लाइनअपकै सबैभन्दा धेरै हो। यस्तै, सीएनजी संस्करणले प्रति केजी २७.०२ किलोमिटर र माइल्ड हाइब्रिड संस्करणले २१.१८ किलोमिटरसम्मको माइलेज दिने दाबी गरिएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।