नेक्गाका अध्यक्ष श्याम महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. भिक्षु चन्द्र किर्तिले मन्त्र उच्चारण गरी दीप प्रज्वलनको शुभारम्भ गरे। कार्यक्रममा चाइना कल्चर सेन्टरका निर्देशक लियु चानफिङको विशेष उपस्थिति थियो।
यस्तै कार्यक्रममा ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष तथा नेक्गाका संस्थापक अध्यक्ष अपूलाल अवाले, नेक्गाका निवर्तमान अध्यक्ष निशान प्रधान, टुरिष्ट गाइड एसोसिएसन नेपाल (टुर्गान) का अध्यक्ष प्रभालक्ष्मी प्रधानङ्ग, जापानीज गाइड एसोसिएसनका अध्यक्ष प्रकाश राजभण्डारी तथा साइनो नेपाल मिडिया सोसाइटीका संस्थापक ध्रुव पौड्याल लगायतका अतिथिहरूको सहभागिता थियो।
कार्यक्रममा उपस्थित सहभागीहरूले मन्दिर परिसरमा दीप प्रज्वलन गरी दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरे।