बाढीपीडितको राहतका लागि ‘नाइमा’ को ५० लाख सहयोग, अर्थमन्त्रीलाई चेक हस्तान्तरण

Sep 08, 2026 02:22 PM Merolagani



नेपाल अटोमोबाइल इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरूको राहत तथा पुनर्स्थापनाका लागि ५० लाख रुपैयाँ सहयोग गरेको छ।

नाइमाकी अध्यक्ष ऋतु सिंह वैद्य नेतृत्वको टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटी उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेको हो। भदौ १० गतेको विनाशकारी बाढीबाट पीडित समुदायप्रति ऐक्यबद्धता जनाउन अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको तर्फबाट यो सहयोग प्रदान गरिएको एसोसिएसनले जनाएको छ।

चेक हस्तान्तरण गर्दै अध्यक्ष वैद्यले संकटको समयमा नाइमा सधैँ सरकार र प्रभावित नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा नाइमाका बोर्ड सदस्यहरू यमुना श्रेष्ठ, हेमन्त गोल्छा, बीवाईडीका सीईओ साहिल श्रेष्ठ लगायतको उपस्थिति थियो।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।