सुनचाँदी दुवैको मूल्य बढ्यो

Sep 13, 2026 10:50 AM Merolagani



भदौ, २८ गते, आईतबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ र चाँदी तोलामा ६० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजको बजारमा सुन प्रतितोला तीन लाख दुई हजार २०० रुपैयाँ खरिदबिक्री भएको छ। शुक्रबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँ रुपैयाँमा खरिदबिक्री भएको थियो।

त्यस्तै, आजको बजारमा चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।