प्रधानमन्त्रीसँग छलफल गरेर बाहिरिँदा बैंकिङ कसुरको आरोपमा पक्राउ परे पालिका अध्यक्ष

Sep 14, 2026 05:31 PM Merolagani



प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)सँग छलफल गरेर बाहिरिँदै गर्दा सिंहदरबारबाट नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन् । उनलाई प्रहरीले सिंहदरबार गेटबाटै पक्राउ गरेको हो ।

प्रधानमन्त्री शाहले आजै रसुवा बाढीले असर पारेका क्षेत्रका जनप्रतिनिधिसँग छलफल गरेका थिए । बैंकिङ कसुरको आरोपमा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।