नियमन आयोगले युनाइटेड मोदीलाई हकप्रद सेयर निष्कासनको लागि दियाे पूर्वस्वीकृति

Sep 16, 2026 05:29 PM Merolagani



विद्युत नियमन आयोगले युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडलाई हकप्रद सेयर निष्कासनका लागि पूर्वस्वीकृति प्रदान गरेको छ । 

आयोगको निर्णयअनुसार कम्पनीलाई हकप्रद सेयर निष्कासनको प्रक्रिया अघि बढाउन स्वीकृति दिइएको हो । आयोगले स्वीकृति दिँदा कम्पनीलाई विभिन्न सर्त तथा विवरण खुलाउनुपर्ने व्यवस्था गरेको छ ।

कम्पनीले ५० मेगावाट क्षमताको मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्न हकप्रद सेयर निष्कासनको प्रस्ताव अघि बढाएको हो । उक्त आयोजना युनाइटेड मेवा खोला हाइड्रोपावर प्रालिले प्रवर्द्धन गरिरहेको छ । युनाइटेड मोदी हाइड्रोपावरको उक्त आयोजनामा सेयर लगानी रहेको छ ।

आयोगसमक्ष पेश गरिएको विवरणअनुसार कम्पनीको हाल कायम चुक्ता पुँजी रु १ अर्ब २३ करोड ५ लाख रहेको छ । उक्त चुक्ता पुँजी बराबर १ करोड २३ लाख ५ हजार कित्ता सेयर कायम रहेको र सोही आधारमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव कम्पनीले अघि सारेको हो । यसअघि कम्पनीको साधारणसभाले समेत १ः१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको थियो । तर आयोगले १ः०.५४८ काे अनुपातमा निस्कासन गर्न अनुमति दिएकाे हाे ।

कम्पनीले हकप्रद सेयरबाट प्राप्त हुने रकम मेवा खोला जलविद्युत आयोजनामा लगानी गर्ने जनाएको छ । आयोगसमक्ष पेश भएको विवरणमा आयोजनाको निर्माणका लागि आवश्यक लगानी जुटाउने उद्देश्यले हकप्रद सेयर निष्कासन गर्न लागिएको उल्लेख छ । कम्पनीको साधारणसभाले पनि मेवा खोला आयोजनामा लगानी गर्न हकप्रद जारी गर्ने प्रस्ताव स्वीकृत गरेको थियो ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।