चालु आवकाे बजेटमार्फत मात्रै सरकारले एक वर्षभित्र बिक्री गरेको सेयरबाट प्राप्त नाफामा १० प्रतिशत र एक वर्षभन्दा बढी समय होल्ड गरेर बिक्री गर्दा प्राप्त नाफामा ७.५ प्रतिशत पूँजीगत लाभकर तिर्दै आएका थिए। अब नयाँ निर्णयपछि खासगरी अल्पकालीन कारोबार अर्थात एक वर्षभित्र बेच्दा लाग्ने लाभ कर आधा घटेर ५ प्रतिशतमा झरेको भने एक वर्षभन्दा बढी समय राख्दा लाग्ने कर अर्थात दीर्घकालीन लगानीकर्ताको हकमा भने ३.५ प्रतिशतको दर कायम गरिएको छ।
अर्थमन्त्रीले सोमबार राति सार्वजनिक गरेको २१ बुँदे ‘पूँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना’ मा पूँजीगत लाभकर घटाउने विषयलाई बजारमा तत्काल प्रभाव पार्ने मुख्य सुधारका रूपमा समेटिएको थियो।
अब मन्त्रिपरिषद्ले प्रस्ताव पारित गरेसँगै कर कटौतीले औपचारिक सरकारी स्वीकृति पाएको छ। अब याे निर्णय राजपत्रमा प्रकाशित भएपछि लागू हुनेछ। पूँजीगत लाभकर घटाउँदा लगानीकर्ताको कारोबार लागत कम हुने, बजारमा सक्रियता बढ्ने र लामो समयदेखि कमजोर बनेको लगानीकर्ताको मनोबल बलियो हुने अपेक्षा गरिएको छ। विशेषगरी अल्पकालीन कारोबारमा लाग्दै आएको ७.५ प्रतिशत कर आधा घटेर ३.७५ प्रतिशतमा झरेपछि दोस्रो बजारको कारोबार रकम र तरलतामा सकारात्मक प्रभाव पर्ने अनुमान गरिएको छ।