मुक्तिनाथ विकास बैंक र कर्मा रेसिडेन्सिजबीच आवास कर्जा सहकार्यसम्बन्धी सम्झौता .

Sep 16, 2026 05:49 PM merolagani



मुक्तिनाथ विकास बैंक लिमिटेड र गुड कर्मा रेसिडेन्सीबीच सहज आवास कर्जा सुविधा उपलब्ध गराउने उद्देश्यले समझदारीपत्र(एमओयू) मा हस्ताक्षर भएको छ । 

महाराजगञ्जस्थित कर्मा रेसिडेन्सिजका आवासीय तथा अपार्टमेन्ट युनिट खरिद गर्न चाहने ग्राहकलाई आवास कर्जा उपलव्ध गराउने गरी बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र कर्मा रेसिडेन्सिजका अध्यक्ष कर्मा तेन्जिङले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार योग्य ग्राहकले बैंकको प्रचलित नीति तथा मापदण्डअनुसार Base Rate ±  ०.२५ प्रतिशत प्रिमियममै आवस कर्जा सुविधा प्राप्त गर्न सक्नेछन्। कर्जाको अधिकतम अवधि ३० वर्षसम्म रहनेछ ।

सम्झौताले कर्मा रेसिडेन्सिजका आवासीय परियोजनाका ग्राहकलाई घर तथा अपार्टमेन्ट खरिदका लागि आवश्यक वित्तीय स्रोत जुटाउन सहज हुने अपेक्षा गरिएको छ । कर्जा सुविधा ग्राहकको योग्यता, क्रेडिट मूल्याङ्कन, सम्पत्तिको मूल्याङ्कन, कानुनी तथा प्राविधिक परीक्षण र बैंकको प्रचलित नीतिअनुसार उपलब्ध हुनेछ ।

साथै, मुक्तिनाथ विकास बैंकले आवास, अटो, कृषि तथा क्ःभ् लगायत विभिन्न कर्जा सुविधा प्रतिस्पर्धी ब्याजदरमा उपलब्ध गराउँदै आएको छ।




पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।