पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता, ऋण असुलीबाट भुक्तानी प्रक्रिया जारी

Sep 18, 2026 11:25 AM Merolagani



समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँचवटा समस्याग्रस्त सहकारीका साना बचतकर्ताहरूको बचत रकम फिर्ता गरेको छ। संस्थाहरूको ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट संकलित रकममार्फत बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ।

समितिका अनुसार पहिलो चरणमा कम बचत रकम भएका साना बचतकर्ताहरूलाई प्राथमिकता दिँदै रकम भुक्तानी गरिएको हो। यस चरणमा शिवशिखर सहकारीका ५७ जना, कान्तिपुर सहकारीका ५२ जना, ओरिन्टल को-अपरेटिभका ८ जना, तुलसी बहुमुखी सहकारीका ९ जनाआइडियल यमुना सहकारीका ९ जना गरी कुल १३५ जना साना बचतकर्ताले बचत रकम फिर्ता पाएका छन्।

 
सरकारले समस्याग्रस्त सहकारीका ऋणीहरूबाट असुल गरिएको रकम नै पीडित बचतकर्ताहरूलाई फिर्ता गरिएको स्पष्ट पारेको छ। समितिले बचत रकमको परिमाणका आधारमा बचतकर्ताहरूको वर्गीकरण गरी क्रमशः बाँकी बचतकर्ताहरूको रकम पनि फिर्ता गर्दै जाने बताएकाे  छ।
 
प्रचलित कानुनी व्यवस्था अनुसार समस्याग्रस्त सहकारी संस्थाहरूको सम्पत्ति व्यवस्थापन र ऋण असुलीमार्फत बचतकर्ताको रकम फिर्ता गर्ने कार्यलाई निरन्तर रूपमा अगाडि बढाइने समितिले जनाएको छ।



पूँजी बजार सुधारका लागि सरकारको २१ बुँदे कार्ययोजना, आईपीओदेखि शेयर कारोबारको करसम्म  पुनरावलोकन (यस्तो छ पूर्णपाठ)

Sep 14, 2026 09:21 PM

सरकारले नेपालको पूँजी बजारलाई सुदृढ र पुनरुत्थान गर्न २१ बुँदे कार्ययोजना अघि सारेको छ। प्राथमिक बजारको सुधार, नयाँ वित्तीय उपकरणको विकास, धितोपत्र दलाल व्यवसायको संस्थागत सुधारदेखि संस्थागत लगानीकर्ताको सहभागिता र शेयर कारोबारमा लाग्ने कर व्यवस्थासम्म पुनरावलोकन गर्ने योजना सरकारले अघि सारेको हो।