कम्पनीले पी–२ को सुरुवाती मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेको जनाएको छ ।
नेपालका सडक तथा भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको एद्द मा ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार ब्याट्री क्षमता, रङ, कम्फर्ट तथा कनेक्टिभिटीका विभिन्न विकल्प छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

स्कुटरमा मिड–ड्राइभ मोटर प्रयोग गरिएको छ । कम्पनीका अनुसार यसले पाङ्ग्रामा अधिकतम ३१५ एनएम टर्क उत्पादन गर्छ । पी–२ मा उच्च मजबुतीको स्टिल च्यासिस, लामो ट्राभल सस्पेन्सन, १४ इन्चका पाङ्ग्रा, डुअल डिस्क ब्रेक तथा कम्बाइन्ड ब्रेकिङ सिस्टम दिइएको छ ।
पी–२ मा ग्राहकका लागि तीनवटा ब्याट्री विकल्प उपलब्ध छन् । ३.० किलोवाट आवर ब्याट्रीले सहरी अवस्थामा ९० किलोमिटरसम्म, ३.७ किलोवाट आवर ब्याट्रीले ११२ किलोमिटरसम्म र ५.२ किलोवाट आवर ब्याट्रीले १५७ किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । एक्स्टेन्डर प्याक प्रयोग गर्दा थप ५० किलोमिटरसम्म रेन्ज बढाउन सकिनेछ ।