सामसङको Galaxy S26 FE सार्वजनिक, नयाँ AI र उच्चस्तरीय क्यामेरा मुख्य आकर्षण

Sep 21, 2026 11:56 AM Merolagani



सामसङ नेपालले Galaxy S26 परिवारमा नयाँ सदस्यका रूपमा Galaxy S26 FE सार्वजनिक गरेको छ। One UI 9 सहित बजारमा आउने यो Galaxy S26 सिरिजको पहिलो स्मार्टफोन हो। नयाँ स्मार्टफोनले उच्चस्तरीय क्यामेरा र नयाँ Galaxy AI सुविधामार्फत फोटो खिच्ने, क्रिएट गर्ने र कनेक्ट गर्ने अनुभवलाई थप सहज बनाउने कम्पनीले जनाएको छ।

पातलो र हल्का डिजाइनमा तयार गरिएको Galaxy S26 FE मा ग्राहकले धेरै रुचाउने सुविधाहरू समावेश गरिएको सामसङले जनाएको छ। यसले Galaxy S सिरिजको प्रिमियम अनुभवलाई थप ग्राहकसम्म पुर्‍याउने कम्पनीको भनाइ छ।

सामसङ नेपालका सिनियर डाइरेक्टर तथा हेड अफ MX प्रणय रत्न स्थापितले Galaxy S26 FE दैनिक जीवनका सुविधालाई अझ अर्थपूर्ण बनाउने गरी डिजाइन गरिएको बताए।

स्पष्ट तस्बिर र सहज एडिटिङ

Galaxy S26 FE मा सुधारिएको ट्रिपल रियर क्यामेरा र उन्नत इमेज प्रोसेसिङ प्रविधि रहेको छ। यसले स्थिर तस्बिरदेखि छिटो गतिमा भइरहेका दृश्यसम्म स्पष्ट रूपमा खिच्न र सजिलै एडिट गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

नयाँ Galaxy फोल्डेबलमा प्रस्तुत गरिएको My FanCam सुविधा पनि Galaxy S26 FE मा उपलब्ध छ। यसले छनोट गरिएको व्यक्तिलाई आफैं ट्र्याक गर्दै फ्रेमको बीचमा राख्ने र चलिरहेको दृश्यअनुसार भिडियोको फ्रेम मिलाउने काम गर्छ।

भिडियो खिच्दा Horizontal Lock सहितको Super Steady सुविधाले छिटो चलिरहेका गतिविधिको भिडियोलाई स्थिर र सीधा खिच्न सहयोग गर्छ। फोनमा 3x Optical Zoom पनि रहेको छ, जसले टाढाका दृश्य खिच्न सहज बनाउने कम्पनीको दाबी छ।

Galaxy S सिरिजमा रहेको Nightography सुविधाले कम प्रकाशमा पनि उज्यालो र स्पष्ट तस्बिर खिच्न तथा कठिन अवस्थामा समेत फोटोका विवरणलाई स्पष्ट राख्न सहयोग गर्ने बताइएको छ।

नयाँ Galaxy AI अनुभव

One UI 9 सहित Galaxy S26 FE मा दैनिक कामलाई सहज बनाउने विभिन्न इन्ट्युटिभ र कन्टेक्स्ट-अवेयर Galaxy AI सुविधाहरू समावेश गरिएको छ। यी सुविधाले प्रयोगकर्ताको दैनिक रुटिनअनुसार आवश्यक जानकारी उपलब्ध गराउनुका साथै काम व्यवस्थित गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

Galaxy S25 सिरिजमा प्रस्तुत गरिएको Now Brief लाई पनि थप व्यक्तिगत बनाइएको छ। प्रयोगकर्ताले मौसम र स्वास्थ्यसम्बन्धी जानकारीजस्ता आफूलाई आवश्यक ब्रीफिङ कार्ड छनोट गर्न सक्नेछन्। सामान्य निर्देशन प्रयोग गरेर आफ्नै कार्डसमेत बनाउन सकिने भएकाले Now Brief लाई दिनभरि थप उपयोगी रूपमा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ।

मूल्य र उपलब्धता

सामसङ नेपालका अनुसार Galaxy S26 FE को 8GB RAM र 256GB स्टोरेज भेरियन्ट उपलब्ध हुनेछ।

  • मोडल: Galaxy S26 FE (8/256GB)
  • रंग: Pistachio, Graphite र Blueberry
  • मूल्य: रु. १ लाख १९ हजार ९९९
  • १२ महिनाको EMI: रु. ६ हजारबाट
  • २४ महिनाको EMI: रु. ३ हजार २५६ बाट

विशेष अफर

Galaxy S26 FE खरिदमा सामसङले विभिन्न अफरसमेत सार्वजनिक गरेको छ। ग्राहकले रु. ८ हजारसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्नेछन्। यसले फोन खरिद गर्दा आवश्यक डाउन पेमेन्ट घटाउन सहयोग गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै, ग्राहकले रु. १८ हजार ३५१ मूल्य पर्ने ६ महिनाको Google AI Pro Subscription निःशुल्क प्राप्त गर्नेछन्।

यसका साथै २४ महिनाको EMI सुविधा उपलब्ध हुनेछ, जसको मासिक किस्ता रु. ३ हजार २५६ बाट सुरु हुने कम्पनीले जनाएको छ।