जुम्लाको सिँजा गाउँपालिका वडा नम्बर १ मा जन्मिएका आचार्य सानै उमेरदेखि पार्टीको संगठन विस्तारमा लागेका थिए ।
उनी तरुण दल जिल्ला कार्यसमितीको सदस्य हुँदै अहिले नेपाल सास्कृत महासंघको केन्द्रीत सदस्यको भूमिका समेत निर्वाह गर्दै आएका छन् । पार्टी संगठन विस्तारसँगै उनी विभिन्न व्यापार व्यवसाय समेत गर्दै आएका छन् । आसन्न नेपाली कांग्रेसको १५ महाधिबेशनमा उनले महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दिएका हुन् ।