सानिमा मिडिल तमोर हाइड्रोपावरले गर्यो लाभांश घोषणा

Sep 24, 2026 10:29 AM Merolagani



सानिमा मिडिल तमोर हाइड्रोपावर(TAMOR@) ले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनी सञ्चालक समितिको बुधबार बसेको बैठकले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

प्रस्तावित लाभांश पारित गर्न कम्पनीले यही असोज ३० गते ११औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।

यसको अर्थ असोज १६ गतेसम्म कायम शेयरधनीले कम्पनीको प्रस्तावित लाभांश प्राप्त गर्न तथा वार्षिक साधारणसभामा सहभागी हुन पाउनेछन्।