मुक्तिनाथ विकास बैंक र अटोवेजबीच सम्झौता, बुलेट मेसिन खरिदमा सहज कर्जा

Sep 24, 2026 12:28 PM Merolagani



मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) र नेपालका लागि निर्माण उपकरण तथा बुलेट मेसिनको आधिकारिक वितरक अटोवेज प्रा.लि.बीच बुलेट मेसिन खरिदमा सहज कर्जा उपलब्ध गराउने सम्बन्धमा सम्झौता भएको छ।

निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय सहयोग उपलब्ध गराउने उद्देश्यले बैंक र अटोवेजबीच समझदारीपत्र (MOU) मा हस्ताक्षर भएको हो। सम्झौतामा बैंकका हेड अफ गण्डकी रिजन बाबुराम ढकाल तथा अटोवेज प्रा.लि.का अध्यक्ष तथा प्रबन्ध निर्देशक नारायणप्रसाद पौडेलले हस्ताक्षर गरेका छन्।

 

सम्झौताअनुसार बैंकले बुलेट मेसिनलाई नै धितोका रूपमा राखी डिलरको बिल वा इन्भ्वाइस मूल्यको ५० प्रतिशतसम्म वित्तीय सुविधा उपलब्ध गराउन सक्नेछ। त्यस्तै, ग्राहकले बैंकले स्वीकार गर्ने थप स्थिर सम्पत्ति धितो राखेमा बैंकको कर्जा मूल्यांकन तथा प्रचलित कर्जा नीतिअनुसार डिलरको इन्भ्वाइस मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध हुन सक्ने बैंकले जनाएको छ।

बैंकका अनुसार यो सहकार्यले उत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्न तथा निर्माण व्यवसायमा संलग्न ग्राहकलाई आवश्यक निर्माण उपकरण खरिद गर्न वित्तीय सहयोग पुग्नेछ।

मुक्तिनाथ विकास बैंकले यसअघि पनि आवास, अटो, कृषि तथा एसएमईलगायत विभिन्न क्षेत्रमा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउँदै आएको जनाएको छ।