दुई कम्पनी सहित फण्डको शेयरमूल्य समायोजन

Sep 24, 2026 04:42 PM Merolagani




नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनी सहित एक म्युचुअल फण्डको शेयरमूल्य समायोजन भएको छ। यस दिन कालिञ्चोक दर्शन, माछापुच्छ्रे बैंक र ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को शेयरमूल्य समायोजन भएको हो।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन कालिञ्चोक दर्शनको ८.५० प्रतिशत र माछापुच्छ्रे बैंकको ३ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। त्यसैगरी, ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को १२ प्रतिशत नगद प्रतिफल समायोजन भएको छ ।

समायोजनपश्चात कालिञ्चोक दर्शनको शेयरमूल्य ५८० रुपैयाँ ४६ पैसा कायम भएको छ भने माछापुच्छ्रे बैंकको २५० रुपैयाँ ९७ पैसा कायम भएको छ। ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१ को प्रति इकाई १० रुपैयाँ ५० पैसा कायम भएको छ। नेप्सेले बिहीबार कारोबार भएको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। बिहीबारको बजारमा दोस्रो बजारमा कालिञ्चोकको शेयर प्रतिकित्ता ६२९ रुपैयाँ ८० पैसा, माछापुच्छ्रे बैंक प्रतिकित्ता २५८ रुपैयाँ ५० पैसामा र ग्लोबल आइएमई ब्यालेन्सड फण्ड–१को प्रतिइकाई ११ रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको थियो।

यही समायोजित मूल्यलाई आधार मानेर आगामी असोज १२ गते सोमबार दोस्रो बजारमा यी कम्पनीहरुको कारोबार खुल्नेछ।