याे साता सुनकाे मूल्य कहिले ३ लाखभन्दा माथि त कहिले ३ लाख भन्दा तल, हप्तादिनमा ४५०० रुपैयाँले घट्यो

Sep 26, 2026 06:09 AM Merolagani



पछिल्लो एक हप्ताको अवधिमा सुनको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, गत असोज ३ गते शनिबार नेपाली बजारमा सुनको मूल्य ३ लाख ३ हजार १ सय रुपैयाँ कायम रहेकोमा असोज ९ गते शुक्रबारसम्म आइपुग्दा ४ हजार ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा झरेको हो ।

 

त्यस्तै, असोज ४ गते आइतबार अघिल्लो दिनको तुलनामा सुनको मूल्य २ हजार १ सय रुपैयाँले बढ्यो । उक्त दिन सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज ५ गते सोमबार भने सुनको मूल्य घट्यो । उक्त दिन एक हजार ३ सय रुपैयाँले घटेर सुनको मूल्य ३ लाख ३ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तैगरी, असोज ६ गते मंगलबार पनि सुनको मूल्य एक हजार ७०० रुपैयाँले घटेर बजारमा प्रतितोला ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, असोज ७ गते बुधबार भने प्रतितोलामा १०० रुपैयाँले बढेर प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भयो ।

त्यस्तै, असोज ८ गते बिहीबार पनि सुनको मूल्य घट्यो । उक्त दिन ३ हजार २०० रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ९९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । र, असोज ९ गते शुक्रबार पनि सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९८ हजार ६०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

पछिल्ला केही दिनयता सुनको मूल्य ३ लाख वरपर नै रहेको सुन व्यवसायीले बताएका छन् ।