प्रधानमन्त्री बालेनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गरे ।
प्रधानमन्त्री बालेन असोज ६ गते १४ सदस्य नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सहभागी हुन न्युयोर्क गएका थिए । उनले स्थानीय समयानुसार असोज ८ गते महासभामा सम्बोधन गरेका थिए ।
उक्त सम्बोधनका क्रममा उनले हालै नेपालमा आएको भीषण बाढीको विषय प्रमुखताका साथ उठाएका थिए । ‘हिमाली सुनामी’को विपत्तिको विषय उनले विश्व समुदायसामु राखेका थिए ।
महासभाको ‘साइडलाइन’मा प्रधानमन्त्री बालेनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजसँग भेटवार्ता समेत गरेका थिए ।