कालीगण्डकीको बाढीले प्रसारण लाइनका टावरमा क्षति: घलेम्दीसहित ७ जलविद्युत आयोजनाको उत्पादन बन्द
म्याग्दी जिल्लास्थित कालीगण्डकी नदीमा मिति २०८३ असोज ११ गते आएको भीषण बाढीका कारण नेपाल विद्युत प्राधिकरणको दाना–कुश्मा २२० के.भी. प्रसारण लाइनका टावरहरूमा क्षति पुगेको छ। यसबाट विद्युत प्रवाह अवरुद्ध हुँदा घलेम्दी हाइड्रो लिमिटेड (५ मे.वा.) को विद्युत उत्पादन पूर्ण रूपमा बन्द भएको कम्पनीले नेप्सेलाई जानकारी गराएको छ।
यसैगरी, नेपाल विद्युत प्राधिकरण (विद्युत व्यापार विभाग) ले विद्युत खरिद–बिक्री सम्झौताको दफा १०.२ अनुसार 'काबु बाहिरको परिस्थिति' (Force Majeure) उत्पन्न भएको जनाउँदै उक्त प्रसारण लाइनमा जोडिएका देहायका ७ वटा जलविद्युत आयोजनाहरूलाई पत्राचार गरेको छ:
-
मिस्त्री खोला जलविद्युत आयोजना (४२ मे.वा.)
-
निलगिरी खोला–१ जलविद्युत आयोजना (३८ मे.वा.)
-
निलगिरी खोला–२ जलविद्युत आयोजना (७१ मे.वा.)
-
थापा खोला जलविद्युत आयोजना (१३.६ मे.वा.)
-
घार खोला जलविद्युत आयोजना (१४ मे.वा.)
-
रेले खोला जलविद्युत आयोजना (६ मे.वा.)
-
घलेम्दी खोला जलविद्युत आयोजना (५ मे.वा.)
चिरख्वा हाइड्रोपावरको ३० लाख २० हजार कित्ता शेयरको 'लक–इन' कात्तिक १४ देखि खुल्ने
चिरख्वा हाइड्रोपावर लिमिटेड को सर्वसाधारणमा शेयर बाँडफाँड भएको ३ वर्षे लक-इन अवधि आगामी २०८३ कात्तिक १४ गते (तदनुसार सन् २०२६ अक्टोबर ३१) देखि समाप्त हुँदैछ।
कम्पनीका अनुसार लक-इन अवधि समाप्त हुन लागेको शेयरको विवरण:
-
संस्थापक समूहको शेयर: २८,००,००० कित्ता
-
आयोजना प्रभावित स्थानीय बासिन्दाको शेयर: २,०४,७०० कित्ता
-
कर्मचारीहरूका लागि सुरक्षित शेयर: १६,००० कित्ता
-
जम्मा लक-इन खुल्ने शेयर: ३०,२०,७०० कित्ता
(नोट: सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको शेयर भने नियमानुसार रोक्का नै रहनेछ।)
मिड सोलु हाइड्रोपावरका आधारभूत शेयरधनीले १ लाख ४० हजार कित्ता शेयर बिक्री गर्ने
मिड सोलु हाइड्रोपावर लिमिटेड का आधारभूत शेयरधनीहरूले आफूले धारण गरेको शेयर आगामी ३ महिनाभित्र बिक्री गर्ने मनसायसहित कम्पनीमा निवेदन दिएका छन्। धितोपत्र बोर्डको निर्देशनअनुसार ५ प्रतिशत वा सोभन्दा बढी शेयर भएका आधारभूत शेयरधनीले शेयर बिक्री गर्नुभन्दा १५ दिनअगावै जानकारी दिनुपर्ने व्यवस्था अनुसार कम्पनीले नेप्सेलाई सूचित गरेको हो।
बिक्री गर्न चाहेको शेयर विवरण:
-
हाथवे इन्भेष्टमेन्ट नेपाल लि.: १,१५,००० कित्ता
-
विश्वकान्त गौतम: २५,००० कित्ता
(जम्मा: १,४०,००० कित्ता)
आइ.सि.एफ.सि. फाइनान्सको २३औँ साधारण सभा सम्पन्न, बाह्य लेखापरीक्षक नियुक्त
आइ.सि.एफ.सि. फाइनान्स लिमिटेड (ICFC) को २३औँ वार्षिक साधारण सभा २०८३ असोज १३ गते सम्पन्न भएको छ। उक्त साधारण सभाले आर्थिक वर्ष २०८३/८४ का लागि कम्पनीको बाह्य लेखापरीक्षक (External Auditor) मा "एस.ए.आर. एसोसिएट्स" चार्टर्ड एकाउन्टेन्ट्स लाई नियुक्त गरेको जानकारी कम्पनी सचिव लक्ष्मणप्रसाद जैसीले नेप्सेलाई दिएका छन्।