यसपालिको दसैंमा नयाँ र सुकिला नोट सटही नहुने

Oct 06, 2026 11:55 AM Merolagani



नेपाल राष्ट्र बैंकले यस वर्ष बडादशैंलाई लक्षित गर्दै विगतमा जस्तो उत्सवका रूपमा नयाँ तथा सुकिला नोट सटही नगर्ने भएको छ। 

हालैको बाढीपहिरो तथा भारी वर्षाबाट भएको क्षतिलाई मध्यनजर गर्दै आवश्यकताका आधारमा मात्र नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ।

राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक अनुज दहालका अनुसार नियमित सटही काउन्टरबाट सर्वसाधारणलाई आवश्यकताअनुसार नयाँ तथा सुकिला नोट उपलब्ध गराइनेछ। बैंक तथा वित्तीय संस्थामार्फत पनि ग्राहकलाई नोट वितरण भइरहेको उनले बताए।

दशैंमा विगतको प्रवृत्तिका आधारमा यस वर्ष करिब १० देखि १५ अर्ब रुपैयाँ बराबरका साना दरका नोट बजारमा जाने राष्ट्र बैंकको अनुमान छ। दशैंमा मुख्यतः ५, १०, २०, ५० र १०० रुपैयाँका नोट सटही हुने गर्छन्।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।