जगदम्बा मोटर्सलाई टिभिएसका दुई अन्तर्राष्ट्रिय सम्मान

Oct 06, 2026 02:28 PM Merolagani



नेपालमा टिभिएस मोटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले दुईवटा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ । 

दुबई, यूएईस्थित ताज रिसोर्ट, पाम जुमेराहमा सम्पन्न टिभिएस मोटर कम्पनीको आफ्टर–सेल्स सम्मेलनमा जगदम्बा मोटर्सलाई दुई विधामा अवार्ड प्रदान गरिएको हो ।

 

 

विभिन्न देशका टिभिएसका अन्तर्राष्ट्रिय वितरकहरूको सहभागिता रहेको सम्मेलनमा जगदम्बा मोटर्सले ‘Overall Service Best Performance’ र ‘Best Manufacturing Unit–Asia’ अवार्ड प्राप्त गरेको कम्पनीले जनाएको छ ।

विशेषगरी ‘Overall Service Best Performance’ अवार्डले जगदम्बा मोटर्सको आफ्टर–सेल्स सेवा, वर्कसप व्यवस्थापन, दक्ष तथा तालिमप्राप्त प्राविधिक, वास्तविक स्पेयर पार्ट्सको उपलब्धता र ग्राहक सेवाको समग्र प्रदर्शनलाई मूल्यांकन गरेको कम्पनीको दाबी छ ।

कम्पनीका अनुसार उक्त सम्मानले नेपालमा टिभिएसका ग्राहकले प्राप्त गरिरहेको सेवा अन्तर्राष्ट्रियस्तरको रहेको देखाएको छ । देशभर फैलिएको सर्भिस नेटवर्कमार्फत ग्राहकलाई बिक्रीपछिको सेवा उपलब्ध गराउँदै आएको जगदम्बा मोटर्सले जनाएको छ ।

जगदम्बा मोटर्सकी निर्देशक दीपा अग्रवालले अवार्डलाई ग्राहकको विश्वास र सेवा टोलीको निरन्तर मेहनतको परिणामका रूपमा व्याख्या गरिन् । उनले नेपाली ग्राहकले नेपालमै विश्वस्तरीय सेवा प्राप्त गरिरहेको प्रमाणका रूपमा सम्मानलाई लिन सकिने बताइन् ।

जगदम्बा मोटर्स शंकर ग्रुपअन्तर्गतको कम्पनी हो । कम्पनीले नेपालमा टिभिएसका दुईपाङ्ग्रे तथा तीनपाङ्ग्रे सवारीसाधन बिक्री गर्दै आएको छ । बिक्रीसँगै देशभरका विभिन्न स्थानमा सर्भिस तथा वास्तविक स्पेयर पार्ट्सको सुविधा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ ।

शंकर ग्रुप सन् १९७९ मा स्थापना भएको बहुआयामिक व्यावसायिक समूह हो । समूहअन्तर्गत विभिन्न क्षेत्रमा करिब ४० कम्पनी सञ्चालनमा रहेको कम्पनीले जनाएको छ ।




८१ लाख डिम्याट धारकलाई थाहा नभएको त्यो रहस्य: अर्थ समितिमा खुल्यो शेयर बजारको असली रूप !

Oct 01, 2026 02:48 PM

सुवास निरौला
नेपालको पूँजी बजारमा सर्वसाधारणको सहभागिता संख्यात्मक हिसाबले नयाँ उचाइमा पुगेको देखिए पनि त्यसको गुणात्मक फैलावट र दोस्रो बजारको वास्तविक पहुँचमा भने गम्भीर खाडल देखिएको छ।