बोका किनबेचमा नक्कली नोट कारोबारको आरोपमा दुईजना पक्राउ

Oct 07, 2026 06:31 AM RSS



ओखलढुंगाको सुनकोसी गाउँपालिका–९, ककनीबाट बोका किनबेचको क्रममा नक्कली नोटको कारोबार गरेपछि प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजबाबु महर्जनका अनुसार, चम्पादेवी गाउँपालिकास्थित केउरिनीका २१ वर्षीय कृष्ण खत्री र ३३ वर्षीय ध्रुवबहादुर खत्रीलाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूले सुनकोशी–९ मा स्थानीय हस्तबहादुर तामाङ र वीरबहादुर तामाङबाट तीन बोका खरिद गर्दा २८ हजारको कारोबार गरेका थिए ।

सो क्रममा दुवै जनाले १९ हजार बराबरको १९ थान हजार रूपैयाँको नक्कली नोट प्रयोग गरेको पाइएपछि उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक महर्जनले बताए ।

प्रारम्भिक सोधपुछका क्रममा उक्त नक्कली नोट काठमाडौंबाट ल्याएको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।




चार कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

Oct 02, 2026 06:42 AM

असोज १६ गते, शुक्रबार, चार कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। यस दिन कुमारी बैंक, सिटिजन्स बैंक इन्टरनेश्नल, विकास हाइड्रोपावर र सानिमा मिडिल तमोर हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।