हकप्रद शेयर निष्काशन गर्न सुपरमाई हाइड्रोपावरले पायो पूर्व स्वीकृती

Oct 12, 2026 10:46 AM Merolagani



सुपरमाई हाइड्रोपावर लिमिटेड (SMH) ले हकप्रद शेयर निष्काशन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृती प्राप्त गरेको छ।

 

कम्पनीले १ बराबर ०.९२५२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने पूर्व स्वीकृती पाएको हो। यस अनुसार कम्पनीले ५९ करोड ४० लाख रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ५९ लाख ४० हजार कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

कम्पनीको ११ औँ वार्षिक साधारण सभाले १ बराबर १ अनुपतमा हकप्रद शेयर निष्काशन गर्ने निर्णय पारित गरी पूर्व स्वीकृतीका लागि आयोगमा निवेदन दिएकोमा, आयोगले १ बराबर ०.९२५२ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने पूर्व स्वीकृती दिएको हो।

हकप्रद शेयर निष्काशनबाट प्राप्त रकम कम्पनीले नबिल बैंकको कर्जा भुक्तानी गर्न प्रयोग गर्नेछ।