एक्स्पोको पहिलो दिन खल्तीले खल्ती कार्ड्स, ई–सिम र पर्सनल फाइनान्स च्यालेन्ज सार्वजनिक गरेको थियो। त्यस्तै, तेस्रो दिन खल्ती प्रो, स्ट्राइप र खल्ती स्टक हब सार्वजनिक गरिएको कम्पनीले जनाएको छ। नयाँ उत्पादनमार्फत प्रयोगकर्तालाई भुक्तानी, व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी तथा लगानीसम्बन्धी सेवा थप सहज रूपमा उपलब्ध गराउने कम्पनीको लक्ष्य छ।
एक्स्पोमा खल्तीले नयाँ उत्पादन सार्वजनिक गर्नुका साथै आफ्ना विद्यमान सेवाबारे पनि जानकारी दिएको थियो। तीन दिनको अवधिमा सयौँ प्रयोगकर्ताले कम्पनीको स्टल भ्रमण गरी विभिन्न उत्पादन तथा सेवाका विशेषता र प्रयोग गर्ने तरिकाबारे जानकारी लिएका थिए। विशेषगरी खल्ती कार्ड्स, स्ट्राइप र पर्सनल फाइनान्स च्यालेन्जप्रति प्रयोगकर्ताले चासो देखाएका थिए।
प्रयोगकर्तालाई विभिन्न सेवा अनुभव गर्ने अवसर प्रदान गर्न कम्पनीले एक्स्पो अवधिभर क्यासब्याक, प्रोमो कोड तथा अन्य अफरसमेत उपलब्ध गराएको थियो। स्मार्ट डिपोजिट, कार्ड्स, एआई फिएस्टा, इन्स्योरेन्स, फ्लाइट्स, मोबाइल टपअप, डेटा प्याक, टीभी तथा आईएसपीसम्बन्धी सेवामा उपलब्ध अफरले प्रयोगकर्तालाई खल्तीका विविध सुविधाबारे जानकारी लिन सहयोग पुगेको कम्पनीले जनाएको छ।
एक्स्पोका क्रममा आइएमई खल्ती लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस्ता कार्यक्रम नयाँ सेवा सार्वजनिक गर्ने, प्रयोगकर्तासँग प्रत्यक्ष संवाद गर्ने र उनीहरूको आवश्यकता बुझ्ने महत्त्वपूर्ण अवसर भएको बताउनुभयो। उहाँका अनुसार खल्तीले यस वर्ष भुक्तानी सेवाभन्दा अगाडि बढ्दै व्यक्तिगत वित्त व्यवस्थापन, डिजिटल कनेक्टिभिटी, लगानी तथा प्रविधिमा आधारित अन्य सेवासमेत विस्तार गरेको छ।
नयाँ उत्पादनप्रति प्रयोगकर्ताले देखाएको उत्साह र प्रतिक्रियाले थप सहज, उपयोगी तथा एकीकृत डिजिटल सेवा विकास गर्ने कम्पनीको प्रयासलाई प्रेरणा दिएको पनि उहाँले बताउनुभयो।
खल्तीले डिजिटल भुक्तानीलाई केन्द्रमा राख्दै बचत, लगानी, बीमा, कनेक्टिभिटी तथा दैनिक जीवनका आवश्यकतासँग सम्बन्धित सेवाहरूलाई एउटै डिजिटल प्लेटफर्ममा जोड्ने लक्ष्यसहित आफ्नो सेवा विस्तार गर्दै आएको छ। ‘इन्फिनिट पोसिबिलिटी’ अर्थात् असीमित सम्भावनाको अवधारणाअन्तर्गत एक्स्पोमा सार्वजनिक गरिएका नयाँ उत्पादनले कम्पनीको डिजिटल वित्तीय तथा जीवनशैलीसम्बन्धी सेवा विस्तारको योजनालाई थप अगाडि बढाएको छ।