ग्लोबल आईएमई बैंक दुई विधामा ‘फोनपे अनर्स’बाट सम्मानित

Oct 13, 2026 03:47 PM Merolagani



ग्लोबल आईएमई बैंक (@GBIME@)  ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ । डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धनमा योगदान पुर्‍याएको भन्दै बैंकलाई दुई विधामा सम्मान प्रदान गरिएको हो ।

बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ विधामा पुरस्कार प्राप्त गरेको जनाएको छ । बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण र फोनपे क्यूआर कारोबारमा गरेको कारोबारका आधारमा बैंकलाई सम्मान गरिएको जनाइएको छ ।

 

बैंकले मोबाइल बैंकिङमार्फत रकम स्थानान्तरण र क्यूआर कोडबाट भुक्तानी गर्न सकिने सेवा उपलब्ध गराउँदै आएको छ । डिजिटल बैंकिङ सेवाको प्रयोग बढ्दै गएको उल्लेख गर्दै बैंकले आगामी दिनमा विद्युतीय भुक्तानी सेवा विस्तार र नगदरहित कारोबारलाई प्राथमिकता दिने जनाएको छ ।