नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आवको पहिलो दुई महिनामै २० वटा वाणिज्य बैंकहरूले कुल १७ अर्ब ८१ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन्। साउन मसान्तसम्म वाणिज्य बैंकहरूको यस्तो नाफा ८ अर्ब ७३ करोड रुपैयाँ रहेकोमा भदौ महिनामा मात्रै ९ अर्बभन्दा बढी थपिँदै १०३.८९ प्रतिशत ले वृद्धि भएको हो। समग्र बैंकिङ प्रणालीको कुल नाफा भने भदौसम्म १९ अर्ब ४६ करोड रुपैयाँ पुगेको छ।
वाणिज्य बैंकहरूको खुद नाफा र सञ्चित नाफाको अवस्था
राष्ट्र बैंकको पछिल्लो वित्तीय प्रतिवेदनअनुसार वाणिज्य बैंकहरूले चालु वर्षको सुरुवाती महिनाहरूमा कमाएको खुद नाफा र उनीहरूको सञ्चित नाफा (Retained Earnings) को अवस्था यस प्रकार रहेको छ:
(रकम: करोड रुपैयाँमा)
| १ |
नबिल बैंक |
१८०.२७ |
+६९७.१८ |
| २ |
ग्लोबल आइएमई बैंक |
१६९.४५ |
+४५८.५५ |
| ३ |
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक |
१२७.५९ |
-५०८.७५ |
| ४ |
प्राइम कमर्सियल बैंक |
११४.०९ |
+१९०.५७ |
| ५ |
राष्ट्रिय वाणिज्य बैंक |
१११.०१ |
-६४.०६ |
| ६ |
एनएमबि बैंक |
१०३.२३ |
+१८८.३६ |
| ७ |
सानिमा बैंक |
१०२.५७ |
+२८८.५० |
| ८ |
कुमारी बैंक |
१०१.४४ |
+७९.१७ |
| ९ |
एभरेष्ट बैंक |
९८.४७ |
+५२०.७५ |
| १० |
लक्ष्मी सनराइज बैंक |
८९.२७ |
+१८१.८३ |
| ११ |
सिद्धार्थ बैंक |
८४.०६ |
+१६९.९३ |
| १२ |
प्रभु बैंक |
७४.४५ |
-६३१.३१ |
| १३ |
नेपाल बैंक लिमिटेड |
७३.७९ |
+१८४.६३ |
| १४ |
हिमालयन बैंक |
५७.५२ |
-९८४.४९ |
| १५ |
कृषि विकास बैंक |
५५.२५ |
+१२६.२२ |
| १६ |
माछापुच्छ्रे बैंक |
५२.१३ |
+७७.१८ |
| १७ |
एनआईसी एसिया बैंक |
४९.९१ |
-१०६७.८२ |
| १८ |
स्ट्यान्डर्ड चार्टर्ड बैंक |
४७.९० |
+१९१.१६ |
| १९ |
सिटिजन्स बैंक |
४७.४१ |
+४६.७२ |
| २० |
नेपाल एसबिआई बैंक |
४१.६० |
+१२४.६१ |
नाफा उत्साहजनक, तर सञ्चित कोष घाटामा
तथ्याङ्कअनुसार चालु आवको सुरुवातमा अधिकांश बैंकले करोडौँ नाफा कमाए पनि एनआईसी एसिया बैक, प्रभु बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैक र सरकारी स्वामित्वकाे राष्ट्रिय वाणिज्य बैककाे सञ्चित नाफा भने ऋणात्मक रहेकाे छ । तथ्यांक अनुसार एनआइसी एसिया बैंकको सञ्चित नाफा सबैभन्दा बढी १० अर्ब ६७ करोड रुपैयाँ ऋणात्मक छ। त्यसैगरी हिमालयन बैंकको सञ्चित नाफा ९ अर्ब ८४ करोड रुपैयाँ, प्रभु बैंकको ६ अर्ब ३१ करोड रुपैयाँ, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ५ अर्ब ८ करोड रुपैयाँ र सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको समेत सञ्चित नाफा ६४ करोड रुपैयाँले ऋणात्मक देखिएको छ।
समग्र वाणिज्य बैंकहरूको सञ्चित नाफा जोड्दा खुद २६ करोड ८९ लाख रुपैयाँ मात्र धनात्मक छ, जबकी अघिल्लो महिना यो ७३ करोड ५४ लाख थियो।
किन देखियो यस्तो खाडल?
चालु आवको सञ्चालन नाफा राम्रो भए पनि बैंकहरूको सञ्चित कोष ऋणात्मक हुनुको मुख्य कारण विगतमा थुप्रिएको निष्क्रिय कर्जा र त्यसबापत गरिएको भारी प्रोभिजनिङ हो।
वाणिज्य बैंकहरूको औसत खराब कर्जा ५.५६ प्रतिशत छ। असुल हुन बाँकी कर्जाको जोखिम व्यवस्थापनमा वाणिज्य बैंकहरूको मात्रै ३० अर्ब ७२ करोड रुपैयाँभन्दा बढी रकम रोकिएको छ भने पाक्न बाँकी ब्याजलाई ब्याज स्थगन खातामा राख्नुपर्दा सञ्चित नाफामा प्रत्यक्ष दबाब परेको हो।
भविष्यको लाभांश क्षमता सुधार गर्नुपर्ने चुनौती
बैंकहरूको वार्षिक वित्तीय विवरण लेखापरीक्षण भएपछि मात्र आर्थिक वर्षको अन्त्यमा लाभांश वितरणको निर्णय हुने गर्दछ। यद्यपि, चालु आवको सुरुवातमा देखिएको यो सञ्चित घाटाले वर्षको अन्त्यसम्ममा बैंकहरूको वितरणयोग्य नाफामा कस्तो असर पर्छ भन्ने संकेत गर्दछ।
सञ्चित नाफा ऋणात्मक रहेका बैंकहरूले लाभांश वितरण गर्न योग्य हुनका लागि चालु वर्षभरि उच्च दरमा नाफा कमाउनुका साथै पुरानो खराब कर्जा असुली गरी प्रोभिजनिङ फिर्ता गर्नुपर्ने हुन्छ। त्यसैले, तत्कालका महिनाहरूमा खुद नाफा देखिए पनि वर्षान्तमा नियामकीय कोषहरू पूरा गरेर वितरणयोग्य नाफा धनात्मक बनाउनु नै यी बैंकहरूका लागि प्रमुख वित्तीय चुनौती हुने विश्लेषकहरू बताउँछन्।