ट्रेड इन्जिनको भव्य शुभारम्भ, आकर्षक अफरले ग्राहकलाई विशेष लाभ

Oct 14, 2026 08:46 AM Merolagani



इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणको बिक्री गर्दै आएको ट्रेड इन्जिनले काठमाडौंको ढल्कोमा असोज २५ गते भव्य उद्घाटन सम्पन्न गरेको छ। विभिन्न प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उद्घाटन समारोहमा ग्राहकलाई लक्षित गर्दै विशेष उद्घाटन अफरहरू सार्वजनिक गरिएको छ।

उद्घाटन समारोहमा अभिनेता सलोन बस्नेत, इन्फ्लुएन्सर तथा सामाजिक व्यक्तित्व करिश्मा केसी, मिस नेपाल २०१८ प्रिया सिग्देल, भाइरल शिक्षक होमराज पौडेल, पत्रकार तथा कार्यक्रम सञ्चालक जय प्रधान, नेपाली गायक तथा गीतकार बिनोद ढकाल र टिकटक इन्फ्लुएन्सर धनबहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो।

कम्पनीले उद्घाटनको अवसरमा ग्राहकका लागि विशेष अफर ल्याएको छ। जसअन्तर्गत रु. ५,००० को खरिदमा इलेक्ट्रिक केतली, रु. २०,००० को खरिदमा इन्फ्रारेड कुकर, रु. ५०,००० को खरिदमा चार बर्नर ग्यास स्टोभ तथा रु. १,००,००० को खरिदमा चार बर्नर ग्यास हब मात्र रु. १ मा प्राप्त गर्न सकिनेछ।

कम्पनीका निर्देशक सोहिल श्रेष्ठका अनुसार, ट्रेड इन्जिनले ग्राहकलाई घरायसी उपकरणहरूमा बजारकै उत्कृष्ट मूल्य, गुणस्तरीय सेवा तथा आकर्षक एक्सचेन्ज अफर उपलब्ध गराउने लक्ष्य राखेको छ। ग्राहकको सन्तुष्टिलाई प्राथमिकतामा राख्दै कम्पनीले विभिन्न विशेष छुट तथा अफरहरू पनि सञ्चालन गरिरहेको उनले बताए। उनका अनुसार, उद्घाटनको अवसरमा ल्याइएको विशेष अफर अष्टमीसम्म मात्र लागू हुनेछ। र उक्त विशेष अफर अष्टमीसम्म मात्र लागू हुनेछ। साथै, ग्राहकका लागि विभिन्न अतिरिक्त अफर तथा आकर्षक योजनाहरू पनि सञ्चालनमा रहेका छन्।

ट्रेड इन्जिनले गुणस्तरीय उत्पादन, आकर्षक मूल्य र ग्राहककेन्द्रित सेवामार्फत उपभोक्तालाई उत्कृष्ट खरिद अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

 




मञ्जुश्री फाइनान्सको लाभांश घोषणा

Oct 09, 2026 10:18 AM

मञ्जुश्री फाइनान्स लिमिटेड (MFIL) ले आफ्ना शेयरधनीलाई गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ ।