नेशनल लाइफको कर्मचारी सीप अभिवृद्धि कार्यक्रम सम्पन्न

Sep 30, 2026 10:02 AM Merolagani



नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLICL) ले कर्मचारीको क्षमता, कार्यदक्षता तथा व्यावसायिक सीप अभिवृद्धि गर्ने उद्देश्यले चारदिने ‘इम्प्लोई स्किल इन्हान्समेन्ट वर्कसप’ सम्पन्न गरेको छ । नेपालगन्जस्थित होटल सिद्धार्थमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापन टोली, विभागीय प्रमुख तथा प्रशासनिक कर्मचारी गरी ३०० भन्दा बढीको सहभागिता रहेको थियो ।

कम्पनीका अध्यक्ष प्रेमाराज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न कार्यक्रममा अध्यक्ष सिंहले बदलिँदो प्रविधि र व्यावसायिक वातावरणअनुसार कर्मचारीलाई दक्ष बनाउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत डिजिटल कनेक्टिभिटीसम्बन्धी तालिमलाई प्राथमिकता दिने बताइन् । कर्मचारीको क्षमता अभिवृद्धिमा कम्पनीले आवश्यक लगानी गर्ने र दक्ष जनशक्तिले व्यवसाय प्रवर्द्धनमा सकारात्मक योगदान पुर्‍याउने उनको भनाइ थियो ।

कार्यक्रममा कार्यसम्पादनका आधारमा ‘बेस्ट इम्प्लोई अवार्ड–२०८३’ का लागि छनोट भएका शिवेश ठाकुर, गीताकुमारी थिङ, रुक्मणीकुमारी शर्मा, अनिल श्रेष्ठ, सुवासमणि पोखरेल, प्रमिला मल्ल र विष्णुजंग शाहीलाई नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले ग्राहकलाई सरल, छिटो र सम्मानजनक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए । उनले संस्थाका नीति तथा नियमको पालना, कामप्रतिको जवाफदेहिता र समस्यालाई संस्थाकै समस्याका रूपमा लिएर समाधान खोज्ने संस्कार विकास गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल बिमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछानेले बिमाको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणप्रति सचेत रहनुपर्ने विषयमा प्रशिक्षण दिए । प्रशिक्षक विश्वराज पौडेलले एआईको प्रयोगसम्बन्धी तथा संजोग कोइरालाले कर्मचारीको व्यवहार र आचरणसम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नाटक, समूह छलफल, परीक्षा तथा फुटसल, टेबलटेनिस र टग अफ वारलगायतका अतिरिक्त गतिविधि सञ्चालन गरिएको थियो । उत्कृष्ट टिम तथा खेलाडीलाई पुरस्कार प्रदान गर्नुका साथै अन्तिम दिन कर्मचारीलाई कर्णाली चिसापानी भ्रमणसमेत गराइएको थियो ।




आज नेप्सेमा तीन बजे पछि आएका सूचना: के के छन् ?

Sep 29, 2026 04:28 PM

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत जलविद्युत, वित्तीय तथा लगानी क्षेत्रका कम्पनीहरूले साधारण सभा, शेयर लक-इन अवधि, शेयर बिक्री मनसाय र आयोजना अवरुद्ध भएको सम्बन्धी महत्त्वपूर्ण सूचनाहरू प्रकाशित गरेका छन्।