यस दिन नेप्से परिसूचक २१.३२ अंक बढेर २६२१.२६ विन्दुमा पुगेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ४.७९ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१ अंक बढेको छ।
नेप्से बढेपनि यस दिन कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब ७३ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३५४ स्टकको ३९ हजार १८३ पटकको कारोबारमा ४ अर्ब १३ करोड ६१ लाख ६१ हजार रुपैयाँबराबरको १ करोड १६ लाख ७४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य यस दिन सर्वाधिक १३.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ६.३२ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक शीर्ष स्थानमा रहेको छ। यस दिन सो बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको कारोबार रकम साढे २१ करोड रुपैयाँ नाघेको छ भने लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १.४५ प्रतिशत बढको छ। त्यस्तै, यस दिन विकास बैंक र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।