अब शेयर बजार ९ दिनपछि ९ गते मात्रै खुल्ने

Oct 16, 2026 05:18 PM Merolagani



बडादसैँका अवसरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार ९ दिन सेयर कारोबार बन्द रहने भएको छ। असोज ३१ गते फूलपातीदेखि बन्द हुने सेयर बजार कात्तिक ९ गते सोमबारदेखि मात्रै पुनः सञ्चालनमा आउनेछ।

दसैँ बिदा र नियमित साप्ताहिक बिदा परेकाले सेयर बजार लामो समय बन्द रहने भएको हो। असोज ३१ गते शनिबार फूलपाती परेको छ। त्यसपछि कात्तिक १ र २ गते महाअष्टमी, ३ गते महानवमी र ४ गते विजया दशमी मनाइनेछ। त्यसैगरी, कात्तिक ५ र ६ गते दसैँ बिदा तथा ७ गते शनिबार र ८ गते आइतबार साप्ताहिक बिदा रहनेछ।

यसरी असोज ३१ गतेदेखि कात्तिक ८ गतेसम्म कारोबार बन्द रहनेछ भने कात्तिक ९ गते सोमबारदेखि बजार खुल्नेछ।

यस्तै असोज २९ र ३० गते भएका सेयर कारोबारको राफसाफसमेत कात्तिक ९ गतेपछि मात्रै हुने भएको छ।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।