कर्णाली डेभलपमेन्ट बैंकका ३५ शेयरधनीको शेयर पूँजी १ प्रतिशतमा झारियो, मंसिर ९ गते उच्च अदालतमा सुनुवाइ हुने

Oct 30, 2026 02:53 PM Merolagani



नेपाल राष्ट्र बैंकद्वारा गठित व्यवस्थापन समूहले समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका ३५ जना शेयरधनीहरूको शेयर पूँजी घटाएर १ प्रतिशतमा सीमित गरेको छ। 

बैंकको सम्पत्ति तथा दायित्व मूल्याङ्कन गर्दा दायित्व नखाम्ने अवस्था देखिएको र अवैधानिक रूपमा पूँजी चुक्ता गरेको पाइएपछि व्यवस्थापन समूहले यस्तो कदम चालेको हो।

व्यवस्थापन समूहले जारी गरेको सार्वजनिक सूचना अनुसार, बैंकको विस्तृत लेखापरीक्षण (Due Diligence Audit) का क्रममा चुक्ता पूँजी पूर्ण रूपमा क्षय भई संस्थाको सम्पत्तिले दायित्व नखाम्ने अवस्था देखिएको थियो। साथै, हकप्रद तथा शेयर पूँजीबापतको रकम केही शेयरधनीहरूबाट अवैधानिक रूपमा चुक्ता भएको पाइएकाले संस्था पुनर्संरचनाका क्रममा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ङ को उपदफा (१) को खण्ड (च) र (ज) तथा दफा ८६ज बमोजिम शेयर स्वामित्व घटाएर १ प्रतिशत कायम गरिएको हो।

कम्पनी ऐन, २०६३ को दफा ५८ को उपदफा (२) बमोजिम पूँजी घटाउने निर्णय कम्पनी रजिष्ट्रार कार्यालयमा अभिलेखीकरण गर्नुपूर्व उच्च अदालत तुलसीपुर (नेपालगञ्ज इजलास) मा आगामी मंसिर ९ गते बिहान १०:०० बजे सुनुवाइ हुने तय गरिएको छ। सो निर्णयप्रति कसैको दाबी-विरोध भए सबुत प्रमाणसहित तोकिएको मिति र समयमा अदालतमा उपस्थित हुन सार्वजनिक आह्वान गरिएको छ।

शेयर स्वामित्व कटौतीको विवरण:

व्यवस्थापन समूहका अनुसार संस्थापकतर्फका २५ जना र सर्वसाधारणतर्फका १० जना गरी कुल ३५ शेयरधनीको शेयर संख्या घटाइएको छ।

  • संस्थापक समूह: साबिकको कुल २१,३६,०६०.८४ कित्ता घटाएर २१,३६०.६१ कित्ता कायम गरिएको छ।

  • सर्वसाधारण समूह: साबिकको कुल १२,६८४.९८ कित्ता घटाएर १२६.८५ कित्ता कायम गरिएको छ।

शेयरधनीहरूको नाम तथा घटाइएको शेयर कित्ताको पूर्ण सूची:

१. संस्थापकतर्फका शेयरधनीहरू (२५ जना):

२. सर्वसाधारणतर्फका शेयरधनीहरू (१० जना):