मकर जितुमाया सुरी हाइड्रोपावरको लाभांश घोषणा

Nov 02, 2026 10:57 AM Merolagani



मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनी लिमिटेड (MAKAR) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १३.६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये १३ प्रतिशत बोनस शेयर रहेको छ भने ०.६८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको छ।

कार्तिक १६ गते सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। सो लाभांश प्रस्ताव पारित गर्न कम्पनीले साधारण सभाले अनुमोदन भएपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन ।