गृह मन्त्रालयकाे कर्मचारी र प्रहरीलाई लगाम: विदेशबाट फर्केको १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने

Nov 12, 2026 06:41 PM Merolagani



गृह मन्त्रालय तथा मातहतका कर्मचारी र प्रहरीले अबदेखि विदेश भ्रमणबाट फर्केपछि अनिवार्य रूपमा ‘भ्रमण प्रतिवेदन’ बुझाउनुपर्ने भएको छ ।

गृहले यही कात्तिक १३ गते स्वीकृत गरेको ‘वैदेशिक भ्रमणको सिकाइ संस्थागत गर्ने सम्बन्धी दिग्दर्शन, २०८३’ मा यस्तो व्यवस्था गरिएको हो ।

 

दिग्दर्शनअनुसार, गृह मन्त्रालयका कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका प्रहरी कर्मचारीले विदेश भ्रमणबाट फर्केको १५ कार्य दिनभित्र भ्रमण अनुभवमा आधारित प्रतिवेदन बुझाउनु पर्नेछ ।




हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

Nov 08, 2026 06:30 AM

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।