केन्द्रीय बैंकले सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म आरटीजीएस प्रणाली सञ्चालन हुने जनाएको हो ।
सरकारले छठ पर्वका अवसरमा सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटीजीएस सेवा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । रासस