व्यक्तिगततर्फ राजबहादुर शाह र बैंकतर्फ नबिल सर्वाधिक कर तिर्नेमा सम्मानित, उत्कृष्ट करदाता सार्वजनिक [विवरणसहित]

Nov 17, 2026 11:10 AM Merolagani



राष्ट्रिय कर दिवसका अवसरमा सरकारले चालु आर्थिक वर्षमा सर्वाधिक कर दाखिला गर्ने उत्कृष्ट करदाता तथा व्यावसायिक प्रतिष्ठानहरूलाई सम्मान गरेको छ। 

मंसिर १ गते आयोजित विशेष समारोहमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले व्यक्तिगततर्फ सबैभन्दा बढी आयकर तिर्ने राजबहादुर शाहसहित विभिन्न १६ विधाका उत्कृष्ट करदाताहरूलाई सम्मानपत्र प्रदान गरेका हुन्। व्यक्तिगत आयकरतर्फ राजबहादुर शाहले लगातार दोस्रो वर्ष मुलुककै सर्वाधिक करदाताको उपाधि कायम राखेका छन्। अघिल्लो वर्ष पनि शाह नै व्यक्तिगत आयकरतर्फ पहिलो बनेका थिए।

यसैगरी, बैंक, वित्तीय संस्था तथा बीमा क्षेत्रतर्फ नबिल बैंक लिमिटेडले सबैभन्दा बढी आयकर दाखिला गरी उत्कृष्ट करदाताको सम्मान प्राप्त गरेको छ। गत वर्ष यस विधामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक सम्मानित भएको थियो।

कुन विधामा कसले पाए सम्मान?

सरकारले यसपटक प्रतिकूल परिस्थितिका बाबजुद उदाहरणीय व्यावसायिकता र उद्यमशीलता प्रदर्शन गर्दै मुलुकको राजस्वमा निरन्तर उच्च योगदान पुर्‍याएको भन्दै भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालिलाई विशेष सम्मान प्रदान गरेको छ।

कुन क्षेत्रमा को बने उत्कृष्ट करदाता? (पूर्ण विवरण)

  • समग्र निकायहरूमध्ये (सबैभन्दा धेरै कर तिर्ने): सूर्य नेपाल

  • व्यक्तिगत आयकरतर्फ: राजबहादुर शाह

  • बैंकिङ कारोबारतर्फ: नबिल बैंक लिमिटेड

  • वस्तु निर्याततर्फ: डाबर नेपाल

  • सूचना प्रविधि (आईटी) सेवा निर्याततर्फ: इन्फाइनाइट सफ्टवेयर सर्भिसेज नेपाल

  • एकलौटी फर्महरूमध्ये: थर्ड आइ इन्टरनेसनल

  • कृषि तथा पशुपन्छीजन्य उद्योगतर्फ: ओसीबी फुड्स एन्ड फिड

  • पर्यटन व्यवसायतर्फ: सोल्टी होटल

  • वस्तु व्यापार (ट्रेडिङ) तर्फ: सीजी इम्पेक्स

  • स्वास्थ्य तथा शैक्षिक संस्थातर्फ: नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल

  • ऊर्जामूलक उद्योगतर्फ: भोटेकोशी पावर कम्पनी

  • रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ: आईएमई लिमिटेड

  • विशेष उद्योगतर्फ: वरुण वेभरेज नेपाल

  • जीवन बीमातर्फ: लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल)

  • निर्जीवन बीमातर्फ: सिद्धार्थ प्रिमियर इन्स्योरेन्स

  • लघुवित्त वित्तीय संस्थातर्फ: छिमेक लघुवित्त वित्तीय संस्था

  • वार्षिक ५० करोडदेखि १०० करोडसम्मको कारोबार गर्नेतर्फ: फुड एन्ड टेक्नोलोजी रिसर्च सेन्टर प्रालि

  • मूल्य अभिवृद्धि कर (भ्याट) नियमितता (२०७७ देखि समयमै विवरण र कर बुझाउने): हिमालयन डिस्टिलरी लिमिटेड

  • विशेष सम्मान (प्रतिकूल परिस्थितिमा निरन्तर उच्च योगदान): भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर प्रालि

आन्तरिक राजस्व विभागले पारदर्शी व्यावसायिक अभ्यास, समयमै कर दाखिला गर्ने संस्कारको विकास तथा राज्यको वित्तीय पूँजी निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले हरेक वर्ष मंसिर १ गते राष्ट्रिय कर दिवसका अवसरमा विभिन्न क्षेत्रका उत्कृष्ट करदाताहरूलाई पुरस्कृत गर्दै आएको छ।

यसपटक परम्परागत उत्पादन तथा व्यापारिक क्षेत्रका अतिरिक्त निर्यात, आईटी तथा शेयर बजारमा सूचीकृत पब्लिक कम्पनीहरूको समेत उल्लेखनीय सहभागिता देखिएको छ। विभागले स्वच्छ कर प्रणालीको विस्तार गर्दै औपचारिक अर्थतन्त्रलाई अझ मजबुत बनाउन व्यवसायीहरूलाई नियमित रूपमा कर तिर्न आह्वान गरेको छ।




पूँजीबजार र अर्थतन्त्र सुधार्ने ‘अध्यादेश’: ५० प्रतिशत प्रगति भएका हाइड्रोलाई आईपीओ, ३० दिनमा हकप्रद र कर परीक्षण हदम्याद २ वर्ष

Nov 15, 2026 06:06 AM

सरकारले पूँजीबजार, लगानी प्रवर्द्धन, कर प्रशासन र पूर्वाधार विकासमा देखिएको कानुनी तथा प्रक्रियागत जटिलता अन्त्य गर्न एकैपटक ५९ वटा ऐन संशोधन गर्ने गरी बृहत् अध्यादेशको प्रारम्भिक मस्यौदा तयार पारेको छ।