भेटका क्रममा प्रधानमन्त्री शाहले नेपालका लागि राजदूत नियुक्त भएकोमा दलेलालाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। सो अवसरमा प्रधानमन्त्री शाहले केही समयअघि रसुवा–भोटेकोशी क्षेत्रमा आएको बाढीपछि भारत सरकारले उपलब्ध गराएको राहत तथा सहयोगप्रति आभारसमेत प्रकट गरेका छन्।

भेटवार्तामा प्रधानमन्त्री शाहले आफ्नो आसन्न भारत भ्रमणको तयारीबारे राजदूत दलेलासँग चासो राखेका थिए। जवाफमा राजदूत दलेलाले प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग हुने भेटवार्ता ऐतिहासिक र महत्त्वपूर्ण हुने बताएका छन्।
राजदूत दलेलाले भ्रमणका मुख्य एजेन्डा तय भइसकेको र यसलाई थप उपलब्धिमूलक बनाउन दुवै देशका सम्बन्धित निकायहरूबीच तीव्र रूपमा गृहकार्य भइरहेको जानकारी दिएका छन्।
यसैगरी, भेटका क्रममा नेपाल र भारतबीच रहिआएको ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई आगामी दिनमा थप सुदृढ र प्रगाढ बनाउँदै लैजाने विषयमा पनि सकारात्मक छलफल भएको छ।